नेदरल्याण्ड्सविरुद्ध नेपालका दुवै ओपनर आउट

काठमाडौं— आईसीसी टी२० विश्वकपअन्तर्गत अहिले नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रङ्गशालामा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालका दुवै ओपनर आउट भएका छन्।
आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिङनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहँदा भान वीकको एलबीडब्लू धरापमा परे। त्यतिबेला नेपालले १५ रन जोडेको थियो।
ताजा अवस्थामा नेपालले २ विकेटको क्षतिमा ४० रन जोडेको छ। नेपालले ७.३ ओभर खेलेको छ। क्रिजमा कप्तान रोहित पौडेल र अनिलकुमार साह छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २२:२४