News Griha :: न्यूजगृह
भारतमा एनडीएलाई बहुमत, तेस्रो पटक मोदी सरकार

काठमाडौं— भारतमा लोकसभाको सम्पूर्ण परिणाम आएको छ।

५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएलाई बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ।

भाजपाका एक उम्मेदवार भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। त्यहाँ सरकार बनाउन २७२ सांसदको समर्थन चाहिन्छ। 

Congress-Party-leader-Rahul-Gandhi-1717523682.jpg
त्यसैगरी विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २२४ सिटमा जित हासिल गरेको छ।  काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७  सिट, द्रविड़ मुन्नेत्र कड़गम (डीएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९  सिट, एनसीपी (सपा) ले ८ सिट जितेको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक बनारसबाट चुनाव जिते। कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाले। 

bharatiya-Janta-Party-supporter--1717523889.jpg
उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ। उसले अघिल्लो चुनावमा ६४ सिट जितेकोमा यो पटक ३३ सिटमा समेटिएको छ। समाजवादी पार्टीले ३७ सिट ल्यायो। 

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन्।  लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई  प्रधानमन्त्री मोदीले भने, ‘जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई विश्वास गरेका छन्।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०६:५५
Weather Update