प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा बुधबार, जेठ १७, २०८०

पशुपतिको जलहरी निर्माणको सत्यतथ्य पत्ता लगाउन पहल गर्ने राष्ट्रिय सरोकार समितिको निष्कर्ष बुधबार, जेठ १७, २०८० राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

ललितपुरको प्रत्येक वडामा यही वर्ष स्मार्ट ट्वाइलेट निमार्ण गर्छौँ : मेयर महर्जन बुधबार, जेठ १७, २०८० ललिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट ट्वाइलेट निमार्ण गर्ने बताएका छन् ।

रास्वपा सभापति लामिछानेको आक्रोश : नागरिकता विधेयक प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध बुधबार, जेठ १७, २०८० उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरुद्ध छ ।’

उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल बुधबार, जेठ १७, २०८० उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए)ले बुधबारको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।

मेलम्चीको पानी काठमाडौं पठाइयो बुधबार, जेठ १७, २०८० मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ ।

‘अखण्ड भारत’को नक्साबारे यथार्थ बाहिर ल्याउन रास्वपाको माग बुधबार, जेठ १७, २०८० नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नभएको तथा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गनुपर्ने जोडदार माग रास्वपाले गरेकाे छ ।

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा बुधबार, जेठ १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिइएको हो ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान बुधबार, जेठ १७, २०८० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रचण्ड भारत प्रस्थान गरेका हुन् ।

पुँजीबजारका ठूला लगानीकर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयो : अर्थमन्त्री महत बुधबार, जेठ १७, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल, माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् ।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु बुधबार, जेठ १७, २०८० सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २८ कम्पनी कालोसूचीमा बुधबार, जेठ १७, २०८० कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।










