News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चौतारा— सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए । 

गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रूपमा क्षति भएको प्रनाउ यादवले बताए । रासस 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:५५
Weather Update