News Griha :: न्यूजगृह
मेलम्चीको पानी काठमाडौं पठाइयो

सिन्धुपाल्चोक— मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही ६ जेठदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । 

हेलम्बु गाउँपालिका– १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर  पदमबहादुर कुँवरले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:३३
Weather Update