News Griha :: न्यूजगृह
रास्वपा सभापति लामिछानेको आक्रोश : नागरिकता विधेयक प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले पुरानै नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध भएको भन्दै आक्रोश पोखेका छन् ।

बुधवार राष्ट्रपति पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले सामाजिक सञ्जालमा संसद्मा छलफल नगराइ विधेयक ल्याइनु लोकतन्त्र र संसदीय मूल्य मान्यताविरुद्धको कार्य भनेका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरुद्ध छ ।’

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:११
Weather Update