News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । 

बुधवार दिउँसो १:३५ बजे नेपाल एअरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रचण्ड भारत प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरे । 

pm-prachanda-india-tour-1685521465.jpg

प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन् । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली २० जेठमा स्वदेश फर्किने कार्यक्रम छ । भारत भ्रमणका क्रममा विद्युत् विस्तार, विद्युत्मा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:५४
Weather Update