News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

काठमाडौं— उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिइएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई सो जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

350280042_6249460908470073_1799994467986837045_n1685521261.jpg

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:०५
Weather Update