News Griha :: न्यूजगृह
पुँजीबजारका ठूला लगानीकर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयो : अर्थमन्त्री महत

काठमाडौं—  अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल, माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा अर्थमन्त्री महतले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेलाई इमानदार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महसुस गरेको बताए । उनले पुँजी बजारमा ठूलो लगानीकर्ताहरूको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गरे  । 

अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताए । उनले सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरूलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरूले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको बताए ।  

उनले भने,‘बजेटपछि शेयर बजार खतम भयो भनिएको छ । जसले आम्दानीको लागि नियमित व्यवसाय गर्छ । अहिले ५०/६० लाख लगानीकर्ता खतम भए भनिएको छ भनेर कसले प्रचार गरिरहेको छ । जो साँच्चिकै शेयर बजारलाई नै व्यवसाय बनाएको छ । अरु लगानीकर्ताको नाममा आय कर लाग्दैन । नियमित व्यवसाय गर्ने, आम्दानीको स्रोत नै पुँजीबजारलाई बनाएको छ । यसमा जसले सानो जागिर खान्छ । वर्षमा ५ देखि ६ लाख कमाउँछ उसले चाहिँ कर तिर्नु पर्ने, जसले करोडौं कमाउँछ उसले  कर नै तिर्न नपर्ने ? त्यो हुने होइन होला । त्यस कारण यसलाई बिस्तारै सिस्टममा ल्याउनुपर्छ । 

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:२२
Weather Update