ललितपुरको प्रत्येक वडामा यही वर्ष स्मार्ट ट्वाइलेट निमार्ण गर्छौँ : मेयर महर्जन

काठमाडौं— ललिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट ट्वाइलेट निमार्ण गर्ने बताएका छन् ।
बुधबार ललितपुर महानगरपालिकाले तयार पारेको सभ्य नागरिक नामक वृतचित्र विमोचन कार्यक्रममा उनले एक किलोमिटरमा एउटा ट्वाइलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाइलेट निमार्ण गर्न लागेको बताएका हुन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको आधारमा यही वर्षमा हामीले प्रत्येक वडामा २९ वटा स्मार्ट ट्वाइलेट निमार्ण गर्ने भन्यौँ तर, कतिपय अध्यक्षज्यूहरूले खासै चासो देखाउनु भएन तसर्थ अहिलेको निमित्त ९ वटामा हामीले टेन्डर गरिसक्यौँ ।’
उनले पालिकालाई स्मार्ट सिटी बनाउको लागि अरू मुलुकको राम्राराम्रा कुराहरूलाई ल्याएर लागु गर्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १५:३१