News Griha :: न्यूजगृह
एमाले महासचिव पोखरेलको प्रश्न : भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता के हो ?

काठमाडौं— नेकपा एमाले महासचिव शंकर पोखरेलले भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति कडा आपत्ति जनाएका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नागरिकता विधेयक भारत भ्रमणकै पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुको कारण सोधेका छन् ।

यस्ता छन् उनका पाँच प्रश्न 

  • निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो ?
  • विधेयक प्रमाणीकरणले यी प्रश्नको उत्तर खोजेको छ : नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?
  • सम्माननीय पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यवाट सरकार र संसद् भाग्न मिल्छ ?
  • प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उल्लङ्घन गर्न मिल्छ ?
  • नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेयकलाई प्रमाणीकरण गर्न मिल्छ ?
  • संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन ?
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:५५
Weather Update