News Griha :: न्यूजगृह
प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता 
प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता  सशस्त्र युद्धका बालसेना लेनिन विष्ट लगायतले दिएको निवेदन सर्वोच्चले आइतबार दर्ता गरेको हो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ ।
कांग्रेस सांसद गिरीले गरे बालेनलाई सलाम 
कांग्रेस सांसद गिरीले गरे बालेनलाई सलाम  बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै सांसद गिरीले सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको बताए  ।
अर्थमन्त्रीमाथि पूर्वअर्थमन्त्रीको गम्भीर प्रश्न– बजेटअघि ११ सय विद्युतीय गाडी भित्रिनु संयोग मात्र हो ?
अर्थमन्त्रीमाथि पूर्वअर्थमन्त्रीको गम्भीर प्रश्न– बजेटअघि ११ सय विद्युतीय गाडी भित्रिनु संयोग मात्र हो ? आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा जारी छलफलमा आइतबार भाग लिँदै पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटअघि ११ सय गाडी भित्रिनुलाई संयोग मात्र भन्न नसकिने बताए ।
आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी
आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी आइतबार प्रतिनिधि सभा बैठकमा उनले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि अपरान्ह ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।
सिनामङ्गलमा गोली चल्यो, १ जना पक्राउ
सिनामङ्गलमा गोली चल्यो, १ जना पक्राउ लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले विकास भगतमाथि गोली चलाएको हो ।
खर्च कटौती गर्ने भनेर सरकारले बजेटमा नै ढाँट्यो  
खर्च कटौती गर्ने भनेर सरकारले बजेटमा नै ढाँट्यो   सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको उनको भनाई थियो । त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि पौडेलले औंल्याए । उनले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असङ्गत...
बिक्दैनन् फलफूलका बिरुवा
बिक्दैनन् फलफूलका बिरुवा गुल्मी कै मालिका गाउँपालिका– ५ छापहिले घर भएका उनी १६ वर्षदेखि रेसुङ्गा नगरपालिका– ९ मा बिरुवा उत्पादनमा सक्रिय छन् । उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धूपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन् । 
दाइजोलाई लिएर दुई महिलाको हत्या
दाइजोलाई लिएर दुई महिलाको हत्या हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
डीएलएको अध्यक्षमा केसी निर्वाचित
डीएलएको अध्यक्षमा केसी निर्वाचित नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डीएलए)को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अत्यधिक गर्मी, जनजीवन प्रभावित
अत्यधिक गर्मी, जनजीवन प्रभावित कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए। ‘मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ,’ उनले भने, ‘बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।’ 
चितवनमा खडेरीले मकै खेतमै सुके, किसान चिन्तित
चितवनमा खडेरीले मकै खेतमै सुके, किसान चिन्तित खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा आम हड्ताल, यातायात ठप्प 
सुदूरपश्चिम प्रदेशमा आम हड्ताल, यातायात ठप्प  सुदूरपश्चिम प्रदेशमा आम हड्तालका कारण जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हड्तालले प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने बजार पनि बन्द छ ।
Weather Update