News Griha :: न्यूजगृह
सिनामङ्गलमा गोली चल्यो, १ जना पक्राउ

काठमाडौं— सिनामङ्गलमा गोली चलेको छ ।

लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले विकास भगतमाथि गोली चलाएको हो ।

गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको ब्युरो प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको एसएसपी थपलियाले दाबी गरे । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:१८
Weather Update