सांसद गिरीले भने– विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गराएर राहत दिने व्यवस्था गरियाेस्

काठमाडौं— नेकपा एमालेका सांसद पदम गिरीले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको माग तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले माग पूरा गर्न आग्रह गरेका हुन् ।
उनले भने,‘विद्यालयका कर्मचारीहरूले दरबन्दीको माग गरिरहेका छन् । हामीलाई प्रावि सरहको दरबन्दी दिनुस् र हामीलाई न्यूनतम पारिश्रमिक दिनुस् भनेर मागेका छन् । सरकार यसप्रति अनुदार हुन पाउँदैन । उनीहरूलाई दरबन्दी सिर्जना गराएर राहत दिने व्यवस्था सरकारले गरोस् ।’
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको १२७ नम्बरमा विद्यालय कर्मचारीका माग उल्लेख गरेको तर बजेटबाट हटाएको भन्दै उनीहरू आन्दोलित छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १४:५१