News Griha :: न्यूजगृह
अर्थमन्त्रीमाथि पूर्वअर्थमन्त्रीको गम्भीर प्रश्न– बजेटअघि ११ सय विद्युतीय गाडी भित्रिनु संयोग मात्र हो ?

काठमाडौं— बजेटको पूर्वसन्ध्यामा ठूलो सङ्ख्यामा विद्युतीय गाडी भित्रिएको बारे संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले प्रश्न उठाएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा जारी छलफलमा आइतबार भाग लिँदै पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटअघि ११ सय गाडी भित्रिनुलाई संयोग मात्र भन्न नसकिने बताए ।

पूर्व अर्थमन्त्री पौडेलले प्रश्न गरे, ‘एकातिर विद्युतीय सवारी साधनमा कर परिवर्तन हुनु र अर्कोतिर जेठ १५ को ठीक अगाडि करिब ११ सयको सङ्ख्यामा विद्युतीय सवारी साधन भित्रिनुलाई संयोग मात्र हो भनेर चित्त बुझाउन मिल्छ सभामुख महोदय ?।’

बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार दिँदैछन्  ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:४१
Weather Update