रमणीय रुपटार [तस्बिर] बुधबार, जेठ ३१, २०८०

नक्कली शरणार्थी प्रकरण : बुधबार पनि सकिएन बहस, ३ जना प्रतिवादीको तर्फबाट बिहीबार थुनछेक बुधबार, जेठ ३१, २०८० प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघ नेता पक्राउ बुधबार, जेठ ३१, २०८० पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो।

नेपाल र यूएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान यूएई इच्छुक बुधबार, जेठ ३१, २०८० बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी बमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो ।

कोशी प्रदेशको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने बुधबार, जेठ ३१, २०८० नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।
कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत बुधबार, जेठ ३१, २०८० वार्षिक नीति तथा कार्यक्रममा सामाजिक न्याय सहितको समृद्ध कोशी प्रदेश निर्माणको अवधारणा कार्यान्वयन गर्ने, प्रदेशका जनताको शान्ति, समृद्धि र विकासको चाहना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने, तोकिएको कार्य सम्पन्न गर्न र लक्षित उद्देश्य प्राप्त गर्न योजनागत, नीतिगत र कार्यगत व्यवस्थालाई प्रभावकारी बनाइने दाबी गरिएको छ ।

नयाँ बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्ने निर्णयको व्यवसायीद्वारा विरोध बुधबार, जेठ ३१, २०८० बुधबार पत्रकार सम्मेलन गरी उनीहरूले यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरूले काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने जनाएको सो निर्णयको विरोध गरेका हुन् ।

नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका हो : स्वर्णिम वाग्ले बुधबार, जेठ ३१, २०८० बुधबार आयोजित बिजनेस सम्मेलनमा उनले ५० वर्षमा देशमा धेरै गलत प्रवृत्ति हावी भएको दाबी गरे । ‘नेपालमा प्रत्येक हस्ताक्षर घुस खुवाउने, खाने मौका हो । हामी सरकारमा आयौ भने सबै प्रक्रिया समयलाई डिजिटलाइज गदिर्नेछौं । हाम्रो यो ५० वर्षदेखिको विरासतलाई हामीले परिवर्तन गर्नुपर्छ,’ वाग्लेले भने ।

बजेट संसोधन होला ? बुधबार, जेठ ३१, २०८० संसद्मा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन् । यद्यपि बजेट संशोधन गर्ने कुरामा सत्तारुढ दलहरूको स्वार्थ बाझिएको हुनसक्ने पनि प्रतिपक्षी दलहरूले आशंका गरेका छन् ।

घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ बुधबार, जेठ ३१, २०८० अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई नगराइन नगरपालिका वडा नं २ नगराइन चोकबाट पक्राउ गरेको हो।

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै बुधबार, जेठ ३१, २०८० लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ ।

सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन केन्द्रित छु : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा बुधबार आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए ।

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना सरकारको नीति तथा कार्यक्रममा परेन : सांसद कार्की बुधबार, जेठ ३१, २०८० बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खस्किएको अवस्थामा भवन निमार्णतिर हैन जनशक्ति निमार्णतर्फ ध्यान दिनुपर्ने बताइन् ।


![रमणीय रुपटार [तस्बिर]](https://newsgriha.com/uploads/posts/ruptar-dhankuta1686756931.jpg)






