News Griha :: न्यूजगृह
सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन केन्द्रित छु : प्रधानमन्त्री प्रचण्ड

दैलेख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर लागिपरेको बताएका छन् ।

कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा बुधबार आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए ।

आफ्नो भारत भ्रमण मुलुकको आर्थिक समुन्नतका लागि सफल भएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतको योजनाबाट नेपालले लाभ लिने बताए । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:३३
Weather Update