पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने बुधबार, जेठ ३१, २०८०

फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भएको छैन : पूर्वश्रममन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० पूर्वश्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहानेका लागि व्यवस्था गरिएका व्यवस्थाहरू नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे बुधबार, जेठ ३१, २०८० चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ ।

मौलिकता गुमाउँदै घान्द्रुक बुधबार, जेठ ३१, २०८० घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरूप खल्बलिएको छ । पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ ।

मानवअधिकार सुनिश्चिततका लागि कानुनी सुधार गर्न सरकार तयार छ : मन्त्री आचार्य बुधबार, जेठ ३१, २०८० महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार सुनिश्चितताका लागि कानुनी सुधारको आवश्यकता परे तत्काल संशोधन गर्न पछि नहट्ने स्पष्ट पारेका छन् ।

स्वास्थ्यमा दरबन्दी अभाव भयो : मन्त्री बस्नेत बुधबार, जेठ ३१, २०८० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले दरबन्दी पर्याप्त नभएसम्म उचित ढङ्गले जनताले स्वास्थ्य सेवा नपाउने बताएका छन् ।

वैदेशिक रोजगार क्षेत्रका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन बुधबार, जेठ ३१, २०८० उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि उपसमिति गठन गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल बुधबार, जेठ ३१, २०८० संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिको बुधबारको बैठकमा प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।

१२ जनाको नामबाट ६३ खाता खोलेर अवैध कारोबार बुधबार, जेठ ३१, २०८० विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रु ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन बुधबार, जेठ ३१, २०८० उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ ।

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो बुधबार, जेठ ३१, २०८० आइतबारदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ ।

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक भएको बताएका छन् ।









