फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भएको छैन : पूर्वश्रममन्त्री श्रेष्ठ

काठमाडौं— पूर्वश्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहानेका लागि व्यवस्था गरिएका व्यवस्थाहरू नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।
बुधबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले फ्रि भिस्सा फ्रि टिकटको कुरा साँच्चै लागु गर्न किन सकिएको छैन भन्नेबारे गम्भीर छलफल आवश्यक भएको बताए ।
‘उजुरी आएपछि सम्बन्धित उजुरीकर्तालाई बोलाएर उहाँकै मुखबाट हामीले सुन्न पायौँ भने के रहेछ समस्या भन्ने थाहा हुन्छ । जस्तै फ्रि भिस्सा फ्रि टिकटको कुरा साँच्चै लागु गर्न किन सकिएको छैन ?भन्ने कुरा व्यवसायीले भन्नु पर्यो नि । यसलाई लागु गराउन किन सकिएको छैन भन्ने कुरा श्रममन्त्री र श्रम सचिवले आएर भन्नु पर्यो अनि मात्र हामीलाई थाहा हुन्छ,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १७:५७