मानवअधिकार सुनिश्चिततका लागि कानुनी सुधार गर्न सरकार तयार छ : मन्त्री आचार्य

काठमाडौं— महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार सुनिश्चितताका लागि कानुनी सुधारको आवश्यकता परे तत्काल संशोधन गर्न पछि नहट्ने स्पष्ट पारेका छन् ।
बुधवार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा राष्ट्रिय संवाद कार्यक्रममा मन्त्रीआचार्यले अपाङ्गता भएका व्यक्तिको मानवअधिकार सुनिश्चितताको लागि कानुनी रूपमै व्यवस्था गरिएको र सो कानुन संशोधनको आवश्यकता महसुुुस भए त्यसलाई परिवर्तन गर्न आफू पछि नहट्ने बताए ।
उनले सामान्य नागरिकको तुलनामा अपाङ्गता भएका व्यक्तिहरू जेखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनीहरूमा हुने भेदभाव हटाउन बजेटमार्फत रणनीति, कार्यनिती र कार्यक्रम तर्जुमा गरेको तथा कानुनी व्यवस्थालाई कार्यान्यवन गर्न, गराउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १७:१४