News Griha :: न्यूजगृह
वैदेशिक रोजगार क्षेत्रका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन 

काठमाडौं— उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि उपसमिति गठन गरेको छ । 

बुधबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले ५ जना सदस्यहरूको उपसमिति बनाएको हो । 

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सचिव रामकुमार पौडेलका अनुसार नेपाली कांग्रेसबाट १ जना, राम शंकर यादव, सुर्यमान तमाङ, गणेश पराजुली र श्रीकृष्ण कुमारश्रेष्ठ गरी ५ जना सदस्यको उपसमिति गठन भएको हो ।

अध्ययन र अनुगमन गर्नको लागि ३० दिनको समय दिएर उपसमिति बनाइएको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष रनेन्द्र बराईलीको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १७:०३
Weather Update