News Griha :: न्यूजगृह
नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं— आइतबारदेखि  निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । बुधबार नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ । 

दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ बराबरको कारोबार भएको छ ।

विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ३६ दशमलव २१, वित्त १५ दशमलव ८९, होटल तथा पर्यटन ४३ दशमलव १६, लगानी शून्य दशमलव ३९, निर्जीवन बीमा ६७ दशमलव २७ र लगानी समूह २० दशमलव ०९ अङ्कले घटेको छ ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ६४ दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, बैंकिङ १५ दशमलव ७४, जलविद्युत् १२ दशमलव छ, उत्पादन तथा प्रशोधन ३४ दशमलव १६, लघुवित्त ६५ दशमलव एक, म्युचुअल फन्ड शून्य दशमलव एक र अन्य समूह ३२ दशमलव ९० अङ्कले बढेको छ ।

बुधबारको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै रु २८ करोड १७ लाख आठ हजार आठ सय ४२ बराबरको पाँच लाख ३४ हजार चार सय ५६ कित्ता शेयर किनबेच भएको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:११
Weather Update