स्वास्थ्यमा दरबन्दी अभाव भयो : मन्त्री बस्नेत

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले दरबन्दी पर्याप्त नभएसम्म उचित ढङ्गले जनताले स्वास्थ्य सेवा नपाउने बताएका छन् ।
बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले दरबन्दी नभएसम्म मन्त्रालयले उचित ढङ्गले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रमा सुर्तीजन्य पदार्थमा लिएको अरबौँ कर मन्त्रालय नै पाउनु पर्ने टिप्पणी गरे ।
उनले भने, ‘जबसम्म दरबन्दी पर्याप्त हुँदैन । त्यो बेलासम्म मन्त्रालयले उचित ढङ्गले स्वास्थ्य सेवा जनतालाई दिन सक्दैन । बजेटको सिलिङ अवस्थाभन्दा तन्किएको छ । ट्याक्सको राज्यको कानुनले व्यवस्था गरेअनुसार त्यो हामीले किन नपाउने ?’ उनले उक्त करको पैसा मन्त्रालयमा ल्याउन एकीकृत रूपमा पहल गर्नुर्ने बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १७:०७