नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका हो : स्वर्णिम वाग्ले

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले प्रत्येक हस्ताक्षर घुस खुवाउने र खाने कार्यको लागि मात्र भएको बताएका छन् ।
बुधबार आयोजित बिजनेस सम्मेलनमा उनले ५० वर्षमा देशमा धेरै गलत प्रवृत्ति हावी भएको दाबी गरे । ‘नेपालमा प्रत्येक हस्ताक्षर घुस खुवाउने, खाने मौका हो । हामी सरकारमा आयौ भने सबै प्रक्रिया समयलाई डिजिटलाइज गदिर्नेछौं । हाम्रो यो ५० वर्षदेखिको विरासतलाई हामीले परिवर्तन गर्नुपर्छ,’ वाग्लेले भने ।
उनले सबै व्यवसायलाई व्यापार सुरु भएदेखि टाट पल्टेको अवस्था सम्मको अवस्थालाई सुधार गर्ने बताए । राज्यको ढुकुटी राम्रो भय मात्र हरेक क्षेत्रले विकासको मोड लिने सांसद वाग्लेको भनाई छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १९:३९