News Griha :: न्यूजगृह
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघ नेता पक्राउ

काठमाडौं— पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई कालोमोसो दलेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो ।

सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकालले सेवा आयोगको जाहेरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, 'सेवा आयोगका अध्यक्षमाथि भएको दुर्व्यवहारमा नेतृत्व गर्ने नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ । सेवा आयोगको जाहेरीअनुसार अरु ६/७ जनाको पनि खोजी भइरहेको छ ।'

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो। 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २०:५६
Weather Update