News Griha :: न्यूजगृह
कोशी प्रदेशको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने

काठमाडौं— कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य भएको छ ।

अल्पमतमा परेको प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागू हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले अधिवेशन अन्त्य गरेका हुन् ।

बजेट अधिवेशन अन्त्य गरेको सरकारले अब अध्यादेशबाट बजेट ल्याउनेछ । बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख खापुङ्गले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा छलफल नै नगरी सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २०:१५
Weather Update