घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

काठमाडौं— सेवाग्राहीबाट घुस लिएको आरोपमा धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई नगराइन नगरपालिका वडा नं २ नगराइन चोकबाट पक्राउ गरेको हो।
सेवाग्राहीबट ७० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। सडक निर्माण सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग उनीहरूले घुस लिएको दाबी अख्तियारको छ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १८:४७