
काठमाडौं— नक्कली शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट बहस भएको छ ।
प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।
खाणको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, खम्म बहादुर खाती र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गरे । मंगलबार खाणको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट ऋषिराम घिमिरे, मन्दिरा अधिकारी र रवीन्द्र भट्टराईले बहस गरे ।
पूर्व सभासद् आङटावाशेर्पाको तर्फबाट अधिवक्ताहरू योगेन्द्र बहादुर अधिकारी, शरद कोइराला र मणिराज उपाध्यायले बहस गरे ।