News Griha :: न्यूजगृह
२ सयले बढ्यो सुनको मूल्य
२ सयले बढ्यो सुनको मूल्य नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । 
सुडानमा हवाई हमला : १७ जनाको मृत्यु
सुडानमा हवाई हमला : १७ जनाको मृत्यु मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । सुडान सेनाका जनरलले अर्धसैनिक र्‍यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै भएको यो आक्रमणमा ५ बालबालिकासहित १७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
अमेरिकी विदेशमन्त्री चीन पुगे
अमेरिकी विदेशमन्त्री चीन पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुईदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् । अमेरिकी उच्च अधिकारीको पाँच वर्ष यताकै यो पहिलो भ्रमण भएको बीबीसीले जनाएको छ । भ्रमणका क्रममा ब्लिन्केनले चिनीयाँ समकक्षी र शीर्ष चिनीयाँ विदेश मामिला सम्बन्धी अधिकारीहरूसँग भेट गर्ने बताइएको छ । तर उनले राष्ट्रपतिसँग भेट गर्नेबारे अहिलेसम्म कुनै औपचारिक...
सङ्खुवासभा बाढी : एक जनाको मृत्यु, १६ मजदुर सम्पर्कविहीन
सङ्खुवासभा बाढी : एक जनाको मृत्यु, १६ मजदुर सम्पर्कविहीन स्थानीय हेवाखोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृतकको शव पाँचखपन नगरपालिका–५ मा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । हेवा हाइड्रोपावरमा काम...
पाँचथर बाढी : बेपत्ता सबैको पहिचान 
पाँचथर बाढी : बेपत्ता सबैको पहिचान  जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका– ७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका– ११ का २८ वर्षीय सन्जोग लिम्बू र फिदिम– ५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । त्यस्तै फिदिम– ४ र हिलिहाङ– ७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् ।...
मेची राजमार्ग अवरुद्ध 
मेची राजमार्ग अवरुद्ध  अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा हेवाखोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
ताप्लेजुङमा पहिरो, ४ जना बेपत्ता
ताप्लेजुङमा पहिरो, ४ जना बेपत्ता ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् ।
आइतबार कति छ फलफूल र तरकारीको मूल्य ?
आइतबार कति छ फलफूल र तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
देशका विभिन्न जिल्लामा बाढीपहिरो, राहत–उद्धारमा लाग्न सुरक्षा अंग र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
देशका विभिन्न जिल्लामा बाढीपहिरो, राहत–उद्धारमा लाग्न सुरक्षा अंग र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री दाहालले भने,‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन सङ्खुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update