नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य आइतबार, असार ३, २०८०

सांसद प्रभु साहको आक्रोश— अभिभावक नै नाङ्गै हिँड्यो आइतबार, असार ३, २०८० संघीय मन्त्रालय लाज छोडेर, कानून कुल्चिएर संविधानको पनि संवैधानिक मान्यतालाई कुल्चेर । किन भने दुनियाँलाई थाहा छ । सर्वोच्च अदालतले भनिसकेपछि सबैले मान्छ तर मैले संघीय मन्त्रालयलाई हेरिरहेछु सर्वोच्च अदालतको आदेश खल्तिमा बोकेर हिँडिरहेको छ ।’

नेप्सेको उकालो यात्रा कायमै, परिसूचक ४ महिना यताको उच्च विन्दुमा आइतबार, असार ३, २०८० आइतबार नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २ हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज २ सय ८० कम्पनीका १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिदबिक्री भए ।
कुशलको दुर्भाग्य : एक दिवसीयमा दोस्रो शतक बनाउने कीर्तिमान १ रनले खोसियो आइतबार, असार ३, २०८० नेपाल अहिले घरेलु टोली जिम्बावेविरुद्ध ३६ ओभरको खेल चलिरहँदा २ विकेटको खर्चमा १ सय ८७ रन बनाएर खेलिरहेको छ ।
1687081158.jpg)
आन्दोलनमय माइतीघर, जनता सडकमा सरकार कता? आइतबार, असार ३, २०८० हुन त मुलुकमा जनताको सरकार छ, जनताको प्रतिनिधित्व गर्दै नेता सांसदको भेषमा सदनमा पुगेका छन् । यति मात्र होइन, मुलुकमा न्याय दिने अदालत पनि छ । तर आफ्ना समस्या समाधान गर्न आम नागरिक सडकमै आउनुपर्ने उदेग लाग्दो परिस्थिति सिर्जना भएको छ ।

मेची राजमार्ग सुचारु गर्न बेलिब्रिज लगिँदै आइतबार, असार ३, २०८० राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भइसकेको र सोही कार्ययोजना अनुसार बेलिब्रिज पठाउन लागिएको बताए ।

नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्न नेमकिपा सांसद सुवालको माग आइतबार, असार ३, २०८० नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।त्यसैगरी सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न चाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
रास्वपा सांसद अर्यालको प्रश्न— के नेपालका सुरक्षाकर्मीलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? आइतबार, असार ३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् ।
1687057984.jpg)
बाढीले अवरुद्ध सङ्खुवासभा र पाँचथरको सडक खुलाउन सरकारले थाल्यो पहल, ५० करोडको भौतिक क्षति आइतबार, असार ३, २०८० आइतबारको प्रतिनिधि सभा बैठकमा शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्वालाले सङ्खुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताएका हुन् ।

किसानका समस्यालाई दिगो रुपमा समाधान गर्न सरकारसँग एमालेको माग आइतबार, असार ३, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरूको उचित मूल्यको...

विद्यालय बन्दको कार्यक्रम स्थगित, वार्ता हुँदै आइतबार, असार ३, २०८० परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न आफूहरू तयार भएको बताए ।

टस हारेको नेपाल जिम्बाबेविरुद्ध ब्याटिङ क्रिजमा आइतबार, असार ३, २०८० जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको हो । खेल नेपाली समयअनुसार १२ : ४५ मा सुरु हुनेछ ।

बाढी, पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन एमाले सांसदको माग आइतबार, असार ३, २०८० नेकपा एमाले सांसद योगेश भट्टराईले सङ्खुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरूमा बर्सातसँगै गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।









