
काठमाडौं— सांसद प्रभु साहले केन्द्रिय सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् ।
संघीय मन्त्रालय नै गैर जिम्मेवार भएर हिँडेको उनको आरोप छ । आइतबार प्रतिनिधि सभा बैठकमा उनले भने ‘संघीय मन्त्रालय सबै निकायहरूको एउटा अभिभावक हो । जसले आफै नाङ्गै भइसकेपछि अरुलाई के कपडा लाएर हिँडाउँछ ।
संघीय मन्त्रालय लाज छोडेर, कानून कुल्चिएर संविधानको पनि संवैधानिक मान्यतालाई कुल्चेर । किन भने दुनियाँलाई थाहा छ । सर्वोच्च अदालतले भनिसकेपछि सबैले मान्छ तर मैले संघीय मन्त्रालयलाई हेरिरहेछु सर्वोच्च अदालतको आदेश खल्तिमा बोकेर हिँडिरहेको छ ।’
त्यस्तै घुस र कमिसन तन्त्रले देशको हालत खराब भएको उनको भनाई छ । ‘तल लिएको कमिसन माथिसम्म पुग्छ । एउटाले लिएको घुस सबै मिलेर बाँडफाँड गर्छन् ।’ उनले भने ‘हामीले यो सिस्टमलाई हामीले लुटको लागि प्रयोग गरिरहेका छौं । यसले नेपाली जनतालाई उत्साहित गर्दैन,’ उनले भने । नेपाली पैसाले डाक्टर पढेकाहरूले नेपालमा सेवा नगरेको भन्दै उनले आपत्ति जनाए ।