
काठमाडौं— नेप्से परिसूचकको उकालो यात्राले कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ ।
आइतबार नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २ हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज २ सय ८० कम्पनीका १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिदबिक्री भए ।
आइतबार बैंकिङ समूह ३ दशमलव ५५ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ६ सय ९४ दशमलव १४ र निर्जीवन बीमा समूहको उपसूचकमा ५ सय दशमलव ३० अङ्कको वृद्धि देखिएको छ ।
विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन २ सय ९४ दशमलव ४०, जलविद्युत् १ सय २ दशमलव ०१, लगानी १ दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह १ सय ४२ दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक १ सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अङ्कले बढेको छ ।
आजको कारोबारमा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सबैभन्दा धेरै गुमाउनेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य ५ दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३६ करोड ६४ लाख ९९ हजार १५८ बराबरको ६ लाख ४९ हजार ६०५ कित्ता शेयर किनबेच भए ।