क्रिकेट
नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं— आईसीसी एक दिवसीय छनोट खेलमा नेपालले जितका लागि जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके । यस्तै आसिफ शेख ६६ रनमा आउट भए ।
आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १६:१९