२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा आज आइतबारसुनचाँदीको मूल्य बढेको छ ।
शक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सयले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबारभइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य शुक्रवार प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ ।
त्यस्तै आज, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ११:५४