निर्देशन
देशका विभिन्न जिल्लामा बाढीपहिरो, राहत–उद्धारमा लाग्न सुरक्षा अंग र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत–उद्धारमा लाग्न सुरक्षा अंग तथा कर्मचारीहरूलाई आइतबार निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले भने,‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’
बाढीपहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ०८:४६