परराष्ट्र मन्त्री साउदको आरोप : सत्ता नपाउँदा केही दलले असंलग्न नीतिमा प्रहार गरे आइतबार, साउन ७, २०८०
क्रियाशील सदस्य बढाएर मात्रै कांग्रेस सङ्गठित नहुने डा सशाङ्क कोइरालाको भनाइ आइतबार, साउन ७, २०८० कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारण राख्दै केन्द्रीय सदस्य कोइरालाले अब राम्रो मानिस चुनेर संगठन विस्तार गर्न तर्फ लाग्नु पर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य काठमाडौंमा आइतबार, साउन ७, २०८० श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । उनी तीन दिन काठमाडौंमा रहने छन् । काठमाडौंमा उनले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

ललिता निवास प्रकरणमा थप एक पक्राउ आइतबार, साउन ७, २०८० योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो । सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतम लगायतलाई पक्राउ गरेको छ ।

मौद्रिक नीति पारित, तीन बजे सार्वजनिक गरिने आइतबार, साउन ७, २०८० मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

नहरमा शव भेटियो आइतबार, साउन ७, २०८० शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

तोलामा पाँच सयले घट्यो सुन आइतबार, साउन ७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

समर्पण कार्की बने मिस्टर नेपाल आइतबार, साउन ७, २०८० शनिबार अबेर सम्पन्न फिनालेमा मोरङका समर्पण कार्की मिस्टर नेपाल, २०२३ बने । उनीसँगै काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा आइतबार, साउन ७, २०८० रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको हो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला आइतबार, साउन ७, २०८० सार्वजनिक सवारीमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको आइतबार उद्घाटन कार्यक्रममा उनले स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्ने र स्मार्ट लाइसेन्स प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।

कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन वामदेवको आह्वान आइतबार, साउन ७, २०८० नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई आइतबार कीर्तिपुरमा सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने दाबी गरे । गौतमले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्रै...

पसल थापेर बसेका कम्युनिष्टहरूलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल आइतबार, साउन ७, २०८० उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने धारणा राखे । अध्यक्ष नेपालले कम्युनिष्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए । उनले भने, ‘जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’ अध्यक्ष नेपालले...

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक आइतबार, साउन ७, २०८० गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने बताउँदै आएका छन् ।








