News Griha :: न्यूजगृह
तोलामा पाँच सयले घट्यो सुन 

काठमाडौं—  आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य आज १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख १२ हजार ८००, तेजाबी सुन १ लाख १२ हजार २ सय ५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा बजारमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:२२
Weather Update