News Griha :: न्यूजगृह
समर्पण कार्की बने मिस्टर नेपाल 

काठमाडौं—  मिस्टर नेपाल– २०२३ को उपाधि समर्पण कार्कीले जितेका छन् ।

शनिबार अबेर सम्पन्न फिनालेमा मोरङका समर्पण कार्की मिस्टर नेपाल, २०२३ बने । उनीसँगै काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । 

नेक्स्ट मोडल नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरिएको छ । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टरलेक्चुअल सबटाइटल समेत हात पारे ।  

मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर एक्टिभ प्रेमकुमार यादव, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, मस्ट पपुलर रामनाथ गिरी, पब्लिक च्वाइस विजय दुवाडी, वेस्ट हेयर राजीव तिवारी, मस्ट फोटोजेनिक असिम लामिछाने, वेस्ट स्किन मिराज कार्की, मेन्स च्वाइस लोकेश प्रधान घोषित भए ।

विजेताले पाँच लाख राशीको पुरस्कार पाएका छन् । निर्णायक पूर्वमिसनेपालमाल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान् घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी लगायतले प्रतिस्पर्धी छनोट गरेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:१६
Weather Update