News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा थप एक पक्राउ

काठमाडौं—बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा प्रहरीले थप एक जनालाई जोरपाटीबाट पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको बताए ।  एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नमा उनले पनि भूमिका खेलेका थिए । 

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।  यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो ।

सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतम लगायतलाई पक्राउ गरेको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:४४
Weather Update