News Griha :: न्यूजगृह
पसल थापेर बसेका कम्युनिष्टहरूलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन्  ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई आइतबार कीर्तिपुरमा सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । नेपालले मिल्नसक्ने, सहकार्य गर्न सक्नेबीच सहकार्य र एकता गरेर अघि बढ्ने पनि बताए ।

उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने धारणा राखे । अध्यक्ष नेपालले कम्युनिष्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए ।

उनले भने, ‘जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’ अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको बताए । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:५२
Weather Update