News Griha :: न्यूजगृह
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक 

काठमाडौं— नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने बताउँदै आएका छन् । 

मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक बसिरहेको छ । समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:४०
Weather Update