News Griha :: न्यूजगृह
नहरमा शव भेटियो

कञ्चनपुर— गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

यसैबीच भीमदत्त नगरपालिका– १३ दोधारा चाँदनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ ।

कृष्णपुर नगरपालिका– ६ का २८ वर्षीय जनक भट्टले गएराति ९ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए । डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको खोजीमा सुरक्षाकर्मी र रेडक्रसको टोली खटिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:२७
Weather Update