दाङको देउखुरी क्षेत्र डुबानमा मंगलबार, साउन ९, २०८०

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ मंगलबार, साउन ९, २०८० भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने उनले बताए। आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठको दाबी थियो ।

हरेक फार्मेसीमा अस्पतालको प्रेस्क्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा मंगलबार, साउन ९, २०८० मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर सिटिस्क्यान गर यस्तो गर उस्तो गर भन्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई निरुत्साहित गर्नु पर्ने बताए। बस्नेतले भने, ‘अब हामी प्रेस्क्रिप्सन अडिट गर्छौ

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको अवरोध मंगलबार, साउन ९, २०८० काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शङ्खमूल घाटमा स्थानीयले गरेको 'प्रथम शङ्खमूल तीर्थ श्रावणी महोत्सव' मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् ।
देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदार मंगलबार, साउन ९, २०८० मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताएका हुन् । गच्छदारले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।

मकवानपुर प्रहरी प्रमुखमा रिजाल मंगलबार, साउन ९, २०८०
कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : शशाङ्क मंगलबार, साउन ९, २०८० मंगलबार काठमाडौंमा आयोजित चियापानमा उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध हुनु रहेको बताए । उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? मंगलबार, साउन ९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

कांग्रेस पदाधिकारी बैठक बोलाइयो मंगलबार, साउन ९, २०८० बुधबार अपरान्ह ४ बजे पार्टी कार्यालयमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने छ ।

कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा मंगलबार, साउन ९, २०८० सोमबारमात्रै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता...

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता मंगलबार, साउन ९, २०८० चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआनले मङ्गलबार बिहान लिलितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा प्रदर्शन, सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विद्यार्थीको दाबी मंगलबार, साउन ९, २०८० त्यस्तै, सरकारले तोकेको भन्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेका छन् । एमबीबीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ ।
बाढीमा फसेका २ जनाको उद्धार मंगलबार, साउन ९, २०८० बुटवल उपमहानगरपालिका— ११ मजुवास्थित तिनाउ नदीकोबीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल—१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको हो ।









