News Griha :: न्यूजगृह
शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा प्रदर्शन, सरकारले तोकेको भन्दा बढी शुल्क लिएको  विद्यार्थीको दाबी

काठमाडौं— सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् । 

बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले मङ्गलबार पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले विद्यार्थी शोषण बन्द गर्न माग गरे ।

त्यस्तै, सरकारले तोकेको भन्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेका छन् । एमबीबीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ ।

त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:५४
Weather Update