News Griha :: न्यूजगृह
हरेक फार्मेसीमा अस्पतालको प्रेस्क्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा 

काठमाडौं— स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले हरेक फार्मेसीले अस्पतालको औषधि खरिद गर्न दिएको अनुमतिबारेको तथ्याङ्क अडिट गर्ने घोषणा गरेका छन् । 

मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर सिटिस्क्यान गर यस्तो गर उस्तो गर भन्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई निरुत्साहित गर्नु पर्ने बताए। 
बस्नेतले भने, ‘अब हामी प्रेस्क्रिप्सन अडिट गर्छौ ।

प्रेस्क्रिप्सन अडिट गर्ने अधिकार छ । अडिट गर्दा त्यो प्रेस्क्रिप्सन गलत देखियो भने कारवाही हुन्छ । यहाँ के पनि देखिएको छ भने सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर, सिटिस्क्यान गर यस्तो उस्तो गर भनेर प्रेस्क्रिप्सन पठाइरहेका छन् ।’ 

फार्मेसीलाई नियममा राख्न र कतिपय डाक्टरहरूले बिर्सेका कुरा पनि उनीहरूलाई थाहा हुने हुँदा यस्तो नियमहरू लागू गर्ने उनको भनाई छ । अनुशासित नभएसम्म स्वास्थ्य क्षेत्र सुधार नहुने उनको भनाई छ ।    

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:३६
Weather Update