News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मङ्गलबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेशी तोकिएको छ ।

सोमबारमात्रै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता भएको हो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाई सर्वोच्चमा रिट परेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ११:२२
Weather Update