मकवानपुर प्रहरी प्रमुखमा रिजाल

काठमाडौं— प्रहरी प्रधान कार्यालयले मकवानपुर प्रहरी प्रमुखमा एसपी सिताराम रिजाललाई पठाएको छ ।
एसपी वामदेव गौतम सेवानिवृत्त भएपछि मकवानपुरमा इन्चार्ज रिक्त थियो । रिक्त स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी रिजाललाई काजमा खटाएको हो ।
रिजाल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १२:०५