News Griha :: न्यूजगृह
दाङको देउखुरी क्षेत्र डुबानमा 

दाङ— भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।

सोमबार राति देखि लगातार परेको पानीका कारण लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरू डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेका छन्  ।

त्यस्तै लमही—३कौडिया(कान्तिपुरगाउँ) का घर डुबान परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

देउखुरीमा खहरे खोलामा बाढी आउँदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १३:५३
Weather Update