स्थानीय तहलाई केन्द्रको पत्र, सात दिनभित्र विद्यालय र विद्यार्थीको विवरण पठाउन अनुरोध मंगलबार, साउन ९, २०८०

किसानलाई मल र बीउ अभाव हुन नदिने मन्त्री मोदीको बचन मंगलबार, साउन ९, २०८० मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे। सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो ।
महावीर पुन भन्छन्,— देशको अस्तित्व जोगाउन अर्थतन्त्र बलियो हुनुपर्छ मंगलबार, साउन ९, २०८० राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको बताएका छन् ।

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु मंगलबार, साउन ९, २०८० राजगढ गाउँपालिका–६ जगाई टोल बस्ने ३५ वर्षीय उमेश मण्डल करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट पानी तानेर खेतमा लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइयो, पाण्डेलाई पठाइयो मंगलबार, साउन ९, २०८० एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । पोखरेल २ महिनादेखि छुट्टीमा छन् ।
1690279103.jpg)
सन् २०३० सम्ममा शून्य भोकमरीको अवस्थामा पुग्न कठिन : प्रधानमन्त्री प्रचण्ड मंगलबार, साउन ९, २०८० संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेसन्स फुड सिस्टम्स सिस्टम्स–२०२३ मोमेन्ट’मा सहभागी हुन रोम पुगेका उनले आज दोस्रो दिन ‘व्यवहारमा खाद्य प्रणाली परिवर्तन’ सम्बन्धी सत्रमा मुख्य वक्ताको रुपमा बोल्दै उनले दिगो विकास लक्ष्य अनुरूप शून्य स भोकमरीको अवस्थामा पुग्ने लक्ष्य पुरा हुने सम्भावना...

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट मंगलबार, साउन ९, २०८० सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । आज विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा...

मेरो राजीनामा माग्नु अस्वभाविक ठानेको छैन : गृहमन्त्री श्रेष्ठ मंगलबार, साउन ९, २०८० मंगलबार गोरखामा पत्रकारसँग उनले भने ‘मैले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले गृहमन्त्रीको राजिनामा मागेकोबारे त्यसलाई अस्वभाविक मान्दिन । यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जवरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराखेका छौं ।’

काठमाडौंमा आपराधिक गतिविधि बढ्दो मंगलबार, साउन ९, २०८० जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए । ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने ।
म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैन : कानुन मन्त्री गुरुङ मंगलबार, साउन ९, २०८० मंगलबार काठमाडौंमा आयोजित ४१ औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रुपमा पार्टी हित विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
कांग्रेस नेता भण्डारीको प्रश्न : प्रजातन्त्र देशका सीमित व्यक्तिको लागि मात्रै आएको हो ? मंगलबार, साउन ९, २०८० ४१ औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सधैँ बीपी र गणेशमानको नाममा कमाउने प्रवृत्ति बढ्दै गएको दाबी गरे । भण्डारीले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए ।

प्रधानमन्त्री प्रचण्डसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता मंगलबार, साउन ९, २०८० राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण निकाय हो ।

ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु मंगलबार, साउन ९, २०८० मृतकको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले बताए । दुर्घटनामा १३ जना घाइते छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि झापा लगिएको छ । अन्यको जिल्लामै उपचार भइरहेको छ ।









