News Griha :: न्यूजगृह
सन् २०३० सम्ममा शून्य भोकमरीको अवस्थामा पुग्न कठिन : प्रधानमन्त्री प्रचण्ड
तस्बिरः प्रदीपराज वन्त । 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व भर्खरै ठुलो महामारीबाट बाहिर निस्कँदै गरेकोले सन् २०३० सम्म शून्य भोकमरीको लक्ष्य पुरा गर्न कठिन हुने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेसन्स फुड सिस्टम्स सिस्टम्स–२०२३  मोमेन्ट’मा सहभागी हुन रोम पुगेका उनले आज दोस्रो दिन ‘व्यवहारमा खाद्य प्रणाली परिवर्तन’ सम्बन्धी सत्रमा मुख्य वक्ताको रुपमा बोल्दै उनले दिगो विकास लक्ष्य अनुरूप शून्य स भोकमरीको अवस्थामा पुग्ने लक्ष्य पुरा हुने सम्भावना कम बन्दै गएको बताएका हुन् । 

prachanda in itally (3)1690279104.jpg

‘हामी अवश्य पनि भोकमरी र खाद्य असुरक्षासँग अझै प्रभावकारी रुपमा लड्न चाहन्छौँ । ’उनले भने, ‘हामी अहिले महामारीपछिको अवस्थामा छौं र एसडीजी टू लक्ष्य अनुरूप शून्य भोकमरीको लक्ष्य असहज जस्तै देखिएको छ ।’

खाद्य प्रणालीको सुधारसँगै जनजीवनमा आवश्यक सुधार पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका उनले उच्च आर्थिक विकास र गुणस्तरीय जीवन विकास आजको आवश्यकता भएको बताए। 

prachanda in itally (4)1690279103.jpg

नेपालले खाद्य प्रणाली सुधारका लागि विभिन्न राष्ट्रिय ऐन नियम तथा अन्तराष्ट्रिय सन्धि सम्झौता तथा योजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखेको दाबी गरेका प्रधानमन्त्री प्रचण्डले दिगो खाद्य प्रणाली विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

विश्व समुदायको सामूहिक प्रयासले मात्रै खाद्य प्रणालीमा परिवर्तन सम्भव हुने भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसबाट समुदायलाई अभिप्रेरित गर्ने तथा वातावरणको संरक्षण तथा दिगो भविष्य निर्माण टेवा पुग्ने बताए । 

कार्यक्रममा उनले नेपाल दिगो विकासको लक्ष्यमा समावेश गरिएको शून्य भोकमरीको लक्ष्य प्राप्तिको चरणमा रहेको जानकारी पनि गराए ।

prachanda in itally (2)1690279104.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:४१
Weather Update